Sunday, June 13, 2021
घरBanner News‘अधिनायकबाद’ को अन्त्य

‘अधिनायकबाद’ को अन्त्य

मस्को, एजेन्सी
विश्व फुटवल जगतमा एक छत्र राज गरिरहेको ब्राजिलको छैटौ पटक विश्व कप जित्ने सपन चकनाचुर भएको छ । शुक्रवार राती भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिल माथी २–१ गोल अन्तरको जीत दर्ता गरायो । बेल्जियमले विश्व कप फुटवलमा सेमिफाइनल यात्रा तय गरेको तीस बर्ष पछि यो पहिलो पटक हो । त्यसैले यो जीत उनीहरुका लागी ऐतिहासिक हो । खेलको १३ औं मिनेटमा फर्नान्डिन्होले गरेको हेडमा चिप्लिएर बलले आफनै पोष्टको जाली चुमेपछि ब्राजिलको दुर्भाग्य शुरु भएको थियो । ३१ औं मिनेटमा डि ब्रुनेले थप एउटा आकर्षक गोल गरेपछि ब्राजिल संकटमा परेको थियो । बैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका अगष्टोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन र खेल बेल्जियमले जित्यो । अव फाइनल प्रवेशका लागी बेल्जियम र फ्रान्स विच आगामी मंगलवार भिडन्त हुनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments