Sunday, August 1, 2021
घरBanner Newsभि एल एन प्रकरण नया "मोडमा"

भि एल एन प्रकरण नया “मोडमा”

अलगधार संवाददाता, काठमाण्डौ  ।
भि एल एनले नेपालमा भिसाको लागी लिएको रकम मलेशिया सरकारको निर्णय अनुसार नै भएको मलेशियाका एक जना मन्त्रीले बताएका छन् । मलेशियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको टेलिफोन संवादमा यस्तो बताएको मन्त्रालय श्रोतले जनाएको छ । नवनियुक्त मन्त्री अब्दुल्लाहलाई बधाई दिनका लागी परराष्ट्रमन्त्री ज्ञवालीले फोन सम्पर्क गरेका थिए । सो क्रममा दुई विच भि एल एन प्रकरण र नेपाली कामदारको समस्या लगायतका विषयमा कुराकानी पनि भएको बताइएको छ । भि एल एन प्रकरणमा ठगी भएको भन्दै श्रम मन्त्रालयको सक्रियतामा राम श्रेष्ठ लगायतलाई कारवाहीका लागी सरकारले प्रकृया अगाडी बढाएको थियो । भि एल एन नेपाल नामक कंपनी राम श्रेष्ठले संचालन गरेको कंपनी हो । मलेशियाका लागी नेपालबाट भिसा लिई मलेशिया जान चाहने सो सुकैले पनि भि एल एन मार्फत नै प्रकृया अगाडी बढाउनु पर्ने हुन्छ । तर श्रम मन्त्रालयले भि एल एन ले ठगी गरेको दावी गरेपछि श्रेष्ठ पक्राउ परेका थिए । अदालतको आदेशमा धरौटीमा रिहा भएपनि सो मुद्धा काठमाण्डौ जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा चलिरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँगको कुराकानीमा मलेशियाली विदेश मन्त्री अब्दुल्लाहले सरकारकै निर्णय अनुसार भि एल एनले काम गरेको बताएका थिए । नेपाली कामदारको भिसा शुल्क मिनाहा गर्नु पर्ने ज्ञवालीको आग्रहका विषयमा अब्दुल्लाहले सो विषय गृह मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने पनि बताएको श्रोतले जानकारी दिएको छ । दुई विचको यो वार्ता पछि भि एल प्रकरण नया मोडमा पुगेको छ । नेपालमा ठगी भएको भनेर मुद्धामा पुगेको विषयलाई मलेशिया सरकारले आफनो निर्णय भनेपछि सरकारी अधिकारी मात्र होइन सुरक्षा निकाय र गृह मन्त्रालय पनि अन्यौलमा छ । श्रम मन्त्री गोकर्ण विष्टले लोकप्रिय बन्नका लागी थप अध्ययन र अनुसन्धान नै नगरी भि एल एन प्रकरणमा हात हालेको गुनासो समेत सुनिन थालेको छ । श्रम मन्त्रालय भित्रै बाट पनि यो प्रकरणमा हात हाल्नु कमजोरी भएको केही उच्च पदस्थ कर्मचारीले समेत स्वीकार गर्न थालेको बुझिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments