Sunday, June 13, 2021
घरBanner Newsउरुग्वेलाई हराउदै फ्रान्स सेमिफाइनलमा

उरुग्वेलाई हराउदै फ्रान्स सेमिफाइनलमा

मस्को, एजेन्सी
अप्रत्यासित रुपमा बलियो सावित भएको फ्रान्सले सेमिफाइनल सम्मको यात्रा सहजै तय गरेको छ । शुक्रवार राती भएको पहिलो क्वाटरफाइनल खेलमा पूर्व विश्व कप विजेता फ्रान्सले उरुग्वे माथी २–० गोल अन्तरको सम्मानजनक जीत दर्ता गरायो । फ्रान्सका लागी खेलको ४० औं मिनेटमा राफेल भारानेले पहिलो गोल गरेका थिए । अर्को गोल खेलको ६१ औ मिनेटमा ग्रिन्जम्यानले गरेका थिए । एडिसन काभानीको अनुपस्थितिको फाइदा फ्रान्सलाई भएको देखियो । केही उत्कृष्ट अवसरलाई उरुग्वेले सदुपयोग गर्न सकेन । फ्रान्सले प्रि क्वाटरफाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समुह चरणको खेलमा पनि फ्रान्सले उत्कृष्ट प्रर्दशन गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments