Wednesday, September 22, 2021
घरBanner Newsपक्राउ परेका दुई जना लागु औषध र प्रतिबन्धित जडिबुटीको कारोवारीः प्रहरी

पक्राउ परेका दुई जना लागु औषध र प्रतिबन्धित जडिबुटीको कारोवारीः प्रहरी

काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुर र अपराध शाखा जावलाखेल समेतबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा २ जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक गणेश एेरीका अनुसार बुधबार ललितपुर महानगरपालिका–९, बालकुमारीस्थित सडकखण्डबाट जुम्लाको सिंजा गाउँपालिका–६ घर भई काठमाडौं कोटेश्वरमा डेरा गरी बस्ने वर्ष १८ का दिलबहादुर बुढालाई प्रतिबन्धित जडीबुटी पाँचऔले २ केजीसहित पक्राउ गरिएको हो ।

त्यस्तै, काठमाडौं बूढानीलकण्ठ–१० कपनबाट वर्ष ५१ का पूर्णकुमार श्रेष्ठलाई यार्सागुम्बा ५०० ग्रामसहित पक्राउ गरी थप अनुसन्धानको लागि सम्बन्धित जिल्ला वन कार्यालयमा पठाइएको परिसरले जनाएको छ ।परिसरले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधवार काठमाडौं बानेश्वर बस्ने वर्ष ३१ का अन्दीप महर्जन, काठमाडौं कालोपुल बस्ने वर्ष ३२ का सुदीप बस्नेत र मकवानपुर पालुङ घर भई ललितपुर धोबिघाट बस्ने वर्ष ४० का सोम गोलेलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अवैध लागूऔषध फेनारगन एम्पल २३६ थान, डाईजापाम एम्पल १८७ थान, नुर्फिन १७७ थान गरी जम्मा ६०० थान एम्पलहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

परिसरको प्रहरी टोलीले ललितपुर जिल्ला अदालतको आदेशानुसार ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ६ महिना ५ दिन कैद सजाय तोकी फरार रहेका सोलुखुम्बुको तिङ्ला–७ का वर्ष १७ का पुन्टे उर्फ युवराज क्षत्री भन्ने युवराज कटुवाललाई पक्राउ गरेको छ । उनलाई गत आइतबार ललितपुरको एकान्तकुनाबाट पक्राउ गरी ललितपुर जिल्ला अदालत ललितपुरमा पेश गरिएको परिसरले जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments