Tuesday, July 27, 2021
घरमनोरञ्जनएसपी खापुङको ‘भ्रममा परे की भुलमा परे’ सार्वजनिक

एसपी खापुङको ‘भ्रममा परे की भुलमा परे’ सार्वजनिक

काठमाडौं । बजारमा तीजको गित आइरहेको समयमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपि) चन्द्रकुबेर खापुङ शब्दमा रहेको भ्रममा परे की भुलमा परे बोलको गित सार्बजनिक भएको छ ।उनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्कीको स्वर रहेको छ । सानै देखि साहित्य र संगितमा पनि रूची राख्ने खापुङका अन्य गीत पनि रेकडेड छन् ।

समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा । मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध हुन्थ्यो होला । सोचेको पुर्‍याउन वा खोजेको भेटाउनैका लागि त मानिस प्रयासरत छ, र त अनेक सिर्जना सम्भव भएका छन् । त्यस्तै, रहेका छन् चन्द्रकुवेर खापुङ जसको रुचि अर्कै थियो, तर पेसा बनेको नेपाल प्रहरी तर देशको शान्ति शुरक्षा सगै साहित्य क्षेत्रलाई पनि संगसगै अगाडी बढाउन सफल भएका छन् उनि ।

नेपाल प्रहरीको प्रधानकार्यालय कर्मचारी शाखामा कार्यरत उनको अर्को पाटो वा साहित्यिक यात्रा धेरै कमले हेक्का राख्छन् । एसपी खापुङ पेसामा जत्तिकै साहित्यमा पनि अब्बल छन् । तर, पनि उनी भन्छन्, ‘संगीत सिक्छु भन्ने कहिल्यै लागेन, यो जन्मिँदै वरदान लिएर आएछु ।’

अचेल उनलाई शुरक्षाको क्षेत्र मस्तिष्क र सांगीतिक/साहित्यिक क्षेत्र मुटुजस्तो लाग्छ । ‘मैले यो मुटुलाई अलग राख्न सकिनँ,’ उनले भने ।
भ्रममा परेकी भुलमा परे नामक गित ऊनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्की स्वर रहेको छ।
सहित्यमा रुचि राख्ने एसपी खापुङ का थुप्रै गित र कविताहरु बजारमा आएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments