Wednesday, October 27, 2021
घरUncategorizedकम्युनिस्ट बोका हो : कांग्रेस नेता सिंह

कम्युनिस्ट बोका हो : कांग्रेस नेता सिंह

काठमाण्डौ । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।सरकारको कामकारवाही पक्षपति भएको भन्दै कांग्रेस मुलुकभर विरोध प्रर्दशन गरेको हो । नेपाली कांग्रेले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् । उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । उनले सरकारले दुई तिहाई बहुमतको भरमा जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए ।

उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउन र विधिको शासन लागू गर्न र कर नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले अब जनताले कम्युनिष्टलाई विश्वास गर्न छाडीसकेको बताए । सरकारको रबैयाकाकारण जनताले दुख पाएको बताउदै सरकारले आफ्नो कार्यशैली परीवर्तन नगरे जनताहरुलेनै कम्युनिष्ट शासन जरैदेखी उखलीदिने बताए । यो प्रदर्शन सरकारलाई सचेतमात्र गराउने उधेश्यले आयोजना गरेकाले जनमुखी निर्णय गर्न सरकारलाई आग्रह गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments