काठमाण्डौ । बेलायती खेलाडी एन्डी मुर्रे वाशिङ्टन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।अमेरिकाको वाशिड्डटनमा भएको खेलमा घरेलु खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै मुर्रेले दोस्रो चरणको स्थान सुरक्षित बनाएका हुन् । एक सेटमा पछि परेको अवस्थामा मुर्रेले पछिल्लो दुई सेट जितेका थिए । म्याकडोनाल्डलाई हराउन साढे दुई घण्टा कोर्टमा बिताएका मुर्रेले सातवटा म्याच पोइन्ट जितेका थिए । एक घण्टा १३ मिनेट चलेको निर्णायक सेटमा मुर्रेले ठूलो संघर्षका साथ ७–५ को जित निकाले ।दोस्रो चरणमा मुर्रेले बेलायतकै खेलाडी केल एडमण्डको सामना गर्नेछन् ।