एजेन्सी । अमेरीकासंग भएको सहमति विपरीत उत्तरकोरीयाले पुनः परमाण्मविक परीक्षणको तयारी थालेको छ । परमाणु कार्यक्रम अन्यकालागी अमेरीकाले चेतावनी दिदै आएको थीयो । पछिल्लो समय अमेरिकासँगको सम्बन्धलाई सुधार्द लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको आशंका गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अमेरिकी स्पाई स्याटलाइटका तस्बिरको आधारमा उत्तरले यसअघि पनि क्षेप्यास्त्र बनाउन प्रयोग गरेको स्थानमा पुनः सोही प्रकृतिका गतिविधिहरु देखिएको अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । यद्यपी क्षेप्यास्त्र बनाउने काम कति अगाडि बढेको छ, कति क्षमताको र कस्तो प्रकारको हो भन्ने यकिन नभएको जनाइएको छ ।
गत जुन महिनामा मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्तापछि उत्तर पारमाणविक परिक्षण नगर्ने विश्वास गरिएको थियो । उत्तरले केही आणविक भट्टीहरु समेत नष्ट गर्न सुरु गरेको थियो । यसबारे उत्तरले कुनै प्रतिक्रिया दिएको छैन । ९ महिनायता उत्तरले कुनैपनि पारमाणविक परिक्षण गरेको छैन ।