Friday, July 30, 2021
घरखेलकुदउपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी...

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी भिड्दै

काठमाण्डौ । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच भिड्दैछन् । फाइनल खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो हुनेछ ।दबैटोली उपाधि हत्याउने होडमा छन् । समान तीनरतीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् । उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ । प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई रु ५० हजार उपलब्ध गराएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments