Wednesday, September 22, 2021
घरविशेषआज खीर खाने दिन

आज खीर खाने दिन

काठमाण्डौ । नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिष डाक्टर सुनील सिटौलाले बताए ।खीरलाई स्वादिष्ट एवं स्वास्थ्यबर्धक नेपाली खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राइ फ्रुड, चिनी हालेर खीर बनाउने भएका कारण यस परिकारलाई शुभ कार्यमासमेत प्रयोग गर्ने गरिन्छ । विशेष गरी तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजजस्ता शुभ अवसरमा खीर खाइन्छ ।

यस्तो छ धार्मिक विश्वास
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा माछा–मासु, मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटरलगायतका फलफूल खाने चलन छ ।

खीर खाँदाका फाइदा
खीरमा अधिकतम दूधको प्रयोग हुन्छ । दुधमा फ्याटको मात्रा धैरै हुन्छ । यसमा प्रोटिनयुक्त खानाका परिकारसमेत मिसाइने भएकाले खीरमा उच्च क्यालोरी हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ ।

खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिबर्धक अनि मीठो पनि भएकाले पहिले–पहिले धनीले खाने खान्की भन्ने चलन थियो । अझै पनि गाउँले परिवेशमा खीरलाई सम्पन्न परिवारले खाने खानाको रुपमा बुझ्ने गरिन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments