काठमाण्डौ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । केही प्राविधिक काम बाँकी रहेको नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाफलमा कुनै कमीकमजोरी भए नभएको सम्बन्धमा अन्तिम परिक्षण जारी रहेको नियन्त्रण कार्यालय स्रोतको भनाइ छ । आजै परीक्षाफल प्रकाशन गर्ने सम्भावना कम रहेको उल्लेख गर्दै एक अधिकारीले आज सम्भव नभए भोली कार्यालय समय सुरु भए लगत्तै प्रकाशन गर्ने बताए ।
कक्षा १२ को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा
RELATED ARTICLES