Sunday, August 1, 2021
घरBanner Newsजोशीको आक्रोश: स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजियो

जोशीको आक्रोश: स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजियो

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नाबारे भ्रम फैलाएर न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजिएको बताएका छन् । जोशीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठेपछि उनको सचिवालयले विज्ञप्ति जारी गर्दै संसदीय सुनुवार्इलार्इ नै प्रभावित पार्न विभिन्न स‌ंचारमाध्यमले आफ्नाविरुद्ध भ्रमपूर्ण समाचार प्रकाशित प्रसारण गरिरहेको दावी गरेको गरेको छ ।

उनको सचिवालयले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘तत्कालिन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वोच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावीत पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ।’

जोशीले राजिनामा दिने तथा सरकारले राजिनामा दिन दबाब दिएको जस्ता विषय समेत भ्रामक भएकाले बिज्ञप्तीमा उल्लेख छ।

सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको अनुमोदन हुनेमा यसपटक संसदीय बिशेष सुनुवाई समितिको बैठक तीन पठक सरिसकेको छ।

जोशीले विगतमा विवादास्पद फैसला गरेको भन्दै नेकपाका सांसदहरु उनलाई प्रधानन्याधीशमा उनको अनुमोदन नगर्ने पक्षमा उभिएका छन्। जसकारण प्रधानन्याधीश नियुक्ति अन्योलमा परेको छ।

हालसम्म संसदीय समितिले प्रधानन्याधीशको नियुक्ति अनुमोदन नगरेको इतिहास छैन।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments