Monday, June 14, 2021
घरBanner Newsदेशभर कांग्रेसको प्रदर्शन, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप

देशभर कांग्रेसको प्रदर्शन, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप

काठमाडौँ – नेपाली कांग्रेसले मंगलबार देशभर सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बन्दै गएको, महंगी बढेको, भ्रष्टाचार मौलाएकोसहितका आरोप लगाउँदै सबै जिल्लामा प्रदर्शन गरेको हो ।

काठमाडौँमा दिउँसो रत्नपार्कमा उपस्थित भएर कांग्रेसले विरोध सभा गरेको थियो भने देशका अन्य जिल्लामा पनि सदरमुकाममा विरोध प्रदर्शन गरेको  हो । विरोध सभालार्इ पार्टीका शीर्ष नेताले सम्बोधन गरेका थिए ।  वर्तमान सरकार गठन भएपछि पहिलो पटक कांग्रेसले देशभर एकै पटक विरोध प्रदर्शन गरेको हो ।

केही समयअघि सरकारले रत्नपार्क, माइतीघरसहितका क्षेत्रमा प्रदर्शनसहितका विरोधका कार्यक्रम गर्न नपाउने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर कांग्रेसले त्यसको पनि विरोध गर्दै आएको छ ।

नेपाली कांग्रेसले सडक र संसदमा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments