Thursday, June 17, 2021
घरविश्वसवारी दुर्घटनामा बेहुलासहित एकै परिवारका १४ जनाको मुत्यु

सवारी दुर्घटनामा बेहुलासहित एकै परिवारका १४ जनाको मुत्यु

एजेन्सी । मध्य भियतनाममा आज भएको एक सडक दुर्घटनामा परी एकै परिवारका १४ जनाको मुत्यु भएको छ । स्थानिय समयअनुसार बिहान साढे २ बजेको समयमा विवाहको पार्टीको लागि छुटेको भ्यानलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो ।

उनीहरु छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments