Sunday, June 13, 2021
घरअर्थ र विकासमर्चेन्टको नाफा २ गुणा

मर्चेन्टको नाफा २ गुणा

काठमाडौं  । गत आवको चौथो त्रैमासमा वर्ल्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्सको नाफा २ गुणाले बढेर रू. ४ करोड १५ लाख पुगेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. १ करोड ७१ लाख नाफा कमाएको थियो । असार मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख रहेको छ । सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ८९ लाख रहेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी रू. १ करोड ५६ लाख ऋणात्मक रहेको थियो ।

असार मसान्तसम्ममा कम्पनीले रू. ७ करोड ४८ लाख निक्षेप सङ्कलन गरको छ भने रू. २१ करोड ४८ लाख कर्जा प्रवाह गरेको छ । सोही अवधिमा कम्पनीले रू. २ करोड ८८ लाख खराब कर्जा उठाउन सफल भएको छ । नेपाल राष्ट्र बैङ्कबाट समस्याग्रस्त वित्तीय संस्था घोषणा गरी थप निक्षेप लिन र कर्जा लगानी गर्ने कार्यमा रोक लगाइएको छ । विगतमा लगानी गरिएका कर्जाहरु असुल उपर गरी निक्षेपकर्ताहरुको निक्षेप रकम फिर्ता भुक्तानी गर्ने कार्य गर्दै आएको छ । कम्पनीले अगामी दिनमा पूँजी वृद्धि गर्दै सुचारु रुपले सञ्चालन एवम् व्यवसाय विस्तार गर्ने योजना रहेको कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments