Monday, June 21, 2021
घरसमाचारफोटो पत्रकार महासंघको अध्यक्षमा पौडेल

फोटो पत्रकार महासंघको अध्यक्षमा पौडेल

 नवलपुर । नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) को नवलपुरमा शाखा विस्तार भएको छ । आज नवलपुरको कावासोतीमा एककार्यक्रमका बिच नविन पौडेलको नेतृत्वमा ११ सदस्यीय तदर्थ समितिको चयन भएको हो । जसको उपाध्यक्षमा दयाराम आचार्य ,सचिवमा कमला राना ,सहसचिवमा कल्पना कुवर ,कोषाध्यक्षमा राज चापागाई चयन भएका छन् । यस्तै महासंघको सदस्यमा मिना कण्डेल ,विवेक भण्डारी ,सावित्री रेग्मी ,चन्दा गुरुङ,विकल्प पौडेल ,राधिका भुषाल चयन भएका छन् ।

प्रमुख अतिथि पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले फोटाले समाचारलाई सत्य पृष्टि गर्ने बताए । कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रिय महासचिव हरि रेग्मी ,केन्द्रिय सचिव बालकृष्ण थापा ,केन्द्रिय कोषाध्यक्ष रक्त कृष्ण श्रेष्ठ ,केन्द्रिय सदस्य नरेश श्रेष्ठ लगायतको उपस्थीति रहेको थीयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments