Tuesday, July 27, 2021
घरBanner Newsचार महिनामा विपद्का घटनाबाट ४ सय ५५ जनाको मुत्य

चार महिनामा विपद्का घटनाबाट ४ सय ५५ जनाको मुत्य

काठमाण्डौ । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मुत्यु भएको छ । २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सो अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यले बताए । मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ महिला छन् ।

यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै तीन हजार ७ सय ७५ घर प्रभावित र २०१ गोठमा क्षति पुगेको छ । यस वर्ष विपदबाट मात्र मुलुकमा एक अर्ब ९४ करोड ८४ लाख १८ हजार रुपैयाँको क्षति पुगेको मन्त्रालयले जनाएको छ । गत वर्ष विपदमा परी देशभर ५ सय ९७ जनाको मुत्यु भएको थियो जसमा ३ सय ५७ पुरुष र २ सय ४० महिला थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments