काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्र र न्यायालयमा रहँदा उनले गरेका केही निर्णयहरु विवादास्पद भएको भन्दै समितिमा उजुरी परेको थियो ।
गएको विहीबार नै सुनुवाइ सकिए पनि आजसम्म ३ पटक बैठक बसेपनि कुनै निर्णय लिन सकेको छैन । निर्णय नगर्दा प्रधानन्यायाधीश नियुक्ति प्रकृया अघि बढ्न सकेको छैन ।