Wednesday, June 16, 2021
घरविश्वमुगाबेको आश्चार्यजनक घोषणा : चुनावमा विपक्षी दललाई सम्र्थन गर्ने

मुगाबेको आश्चार्यजनक घोषणा : चुनावमा विपक्षी दललाई सम्र्थन गर्ने

एजेन्सी । अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन भईरहेको छ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वका लागि जिम्बाब्बेका नागरिकले अहिले मतदान गरिरहेका छन् ।मुगाबेकै पार्टी सत्तारुढ पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । तर अपदस्थ मुगावेले भने आफ्नै पार्टीका उम्मेदवारलाई समर्थन नगर्ने बताएका छनु । चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई समर्थन नगर्ने आश्चार्यजनक घोषणा गरेका छन् । मुगाबे आफैंले जन्माएको पार्टीविरुद्ध उभिएपछि यहाँको निर्वाचनले रोचक मोड लिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारसम्मेलन गरी मनंगाग्वालाई सहयोग गर्न नसकिने घोषणा गरेका छन् ।उनले भने ‘मलाई विगतमा जसले सतायो, दुःख दियो उसैलाई मत दिन सक्दिनँ’, आफूलाई राष्ट्रपतिबाट अपदस्थ गराउन भूमिका खेलेको बदला उनले निर्वाचनमार्फत लिन लागेको रुपमा यसको विश्लेषण गरिएको छ । प्रमुख विपक्षी दल एमडीसीले नेल्सन चामिसालाई मैदानमा खडा गरेको छ । मुगाबेलेपनि विपक्षी पार्टीका उम्मेदवार चामिसालाई समर्थन गर्ने घोषण गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments