Sunday, September 26, 2021
घरBanner Newsइमरान भन्छन्- हबेलीमा बस्दिनँ, कर दुरुपयोग रोक्छु

इमरान भन्छन्- हबेलीमा बस्दिनँ, कर दुरुपयोग रोक्छु

काठमाडौँ — पाकिस्तानमा हालैको निर्वाचनमबाट सबैभन्दा ठूलो दलका नेता बनेका इमरान खानले आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै महँगो हबेलीमा नबस्ने उद्घोष गरेका छन् ।

उनले लाखौं पाकिस्तानी अझै पनि गरीबीको रेखामुनि बाँच्न विवश रहेको अवस्थामा आफू प्रधानमन्त्रीका लागि बनाइएका महँगा हबेलीमा बस्न नसक्ने बताएका हुन् ।

पाकिस्तान तेहरिकए इन्साफ पार्टी (पीटीआई) का नेता इमरानले आफ्नो विजय भाषणमा भनेका छन्, ‘मुलुकमा बेलायती मोडलमा आधारित कल्याणकारी राज्य प्रणाली अवलम्बन गर्नेछु । ‘ उनले आफू प्रधानमन्त्रीका रूपमा कम खर्चिलो जीवनयापन गर्ने बाचासमेत पाकिस्तानी नागरिक र आफ्ना मतदातासमक्ष व्यक्त गरेका छन् ।

‘मुलुकमा लाखौं पाकिस्तानी अझै गरिबीको रेखामुनि छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि बनाइएको हबेलीमा बस्दा मलाई लज्जा हुनेछ, ‘ अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले भने, ‘हामीले सबै सरकारी भवनहरूलाई जनताका लागि उपयोग गर्दै कम खर्चिलो जीवनयापन निर्वाह गर्नेछौं । ‘ उनले बढी कर प्राप्त गर्न र मुलुकलाई अधिक लाभ पुर्‍याउनका लागि संस्थाहरूलाई बलियो बनाउँदै आम्दानी बढाउने बताए ।

उनले आफ्नो भाषणमार्फत मुलुकका करदाताहरूको रकमको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेको बेलायती अखबार ‘सन्डे एक्सप्रेस ‘ को अनलाइन संस्करणमा उल्लेख छ । ‘हामी कर संस्कृतिमा व्यापक सुधार गर्दै आम नागरिकको कर रकमको अनावश्यक दुरुपयोग नहुने विश्वास दिलाएर उनीहरूका लागि आत्मविश्वासका साथ कर चुक्ता गर्ने वातावरण बनाउनेछौं, ‘ इमरानले भने, ‘मुलुकमा जारी विभिन्न क्रियाकलापका कारण हामी कल्याणकारी राज्यको विपक्षमा पुगेका छौं, ‘ उनले भने, ‘त्यो मुलुक जहाँ गरिबी बढेकै छ र समानतासहितको पाकिस्तान बनाउने हाम्रो ठूलो सपना पनि भताभुंग भएको अवस्था छ । ‘ उनले गलत क्रियाकलापलाई ठीक ट्रयाकमा ल्याउने बाचासमेत व्यक्त गरे ।

यसैबीच इमरानलाई पछयाउँदै कराँचीबाट उनकै पार्टी पीटीआईको सांसद बनेका नजिब हयारुनले पनि सादा जीवन बिताउने घोषणा गरेका छन् । ‘मैले कुनै पनि सरकारी बेतन लिन्न, सांसदका लागि उपलब्ध हुने कुनै सुविधा पनि लिन्न, इमरान खानको विजय घोषणामा अभिव्यक्त शासन सञ्चालनमा खर्च कटौतीको प्रतिबद्धतालाई मैले पालना गर्नेछु, ‘ हारुनले आफ्नो ट्वीट एकाउन्टमार्फत पार्टीका निर्वाचित सांसदलाई यस्तै गर्न आग्रह गर्दै भनेका छन्, ‘एकपटक फेरि म एनए २५६ निर्वाचन क्षेत्रबाट जित्ने अवसर पाएको छु, यो अवसरको सदुपयोग मैले कुनै पनि सरकारी बेतन र सुविधा नलिने घोषणाबाट गर्नेछु, मैले यो कराँचीका जनताका लागि गर्नेछु । पद तथा गोपनीयताको शपथ लिएपछि आफ्नो प्रतिबद्धताको पालना गर्नेछु । ‘

अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स ‘ का अनुसार ‘सेयर र ऋणपत्र बजार ‘ ले इमरान खानको जितको स्वागत गरेको छ । तर, उनले भने जस्तो अर्थव्यवस्थामा आमूल परिवर्तन सोचेजस्तो सजिलो नभएको जनाएको छ । ‘पूर्वक्रिकेट नायक इमरानलाई मुद्रा संकट रोक्न र दशकौंदेखि जारी मुद्रास्फीति चक्रलाई समाप्त गर्नका लागि आवश्वयक दीर्घकालीन सुधारहरू लागू गराउन कठिन छ, ‘ समाचारमा भनिएको छ, ‘उनले पहिले मुलुकका लागि प्रमुख आर्थिक आह्वानलाई निर्धारण गर्नुपर्नेछ । सन् १९८० को दशकको अन्त्यमा अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ) बाट पाकिस्तानको १२ औं बक्यौताको माग गर्दै मुलुकको मुद्रामाथिको दबाब कम गर्नुुपर्नेछ । ‘ पाकिस्तानमा अझै पनि कर नबुुझाउनेहरूको संख्या धेरै रहेकाले ती सबैलाई यसका लागि तयार पार्न इमरानलाई धेरै परिश्रम गर्नुपर्ने देखिन्छ ।

सरकारी ढुकुटीबाट अनुदानका नाममा रकम खर्चिने परम्परालाई बन्द गर्नुपर्नेछ । जुन धेरै चुनौतीपूर्ण छ । पछिल्ला सरकारहरूले यसका लागि धेरै संघर्षको सामना गर्नुपरेको थियो । ३ खर्ब ५ अर्ब डलरको अर्थव्यवस्थामा भुक्तानी सन्तुलन कायम गर्ने क्रममा पाकिस्तानको केन्द्रीय बैंकले गत डिसेम्बरमा चार गुणाले आफ्नो मुद्राको अवमूल्यन गरेको थियो, जुन डलरको तुलनामा २० प्रतिशत हो । सन् २०१३ मा यस्तै परिदृश्य पाकिस्तानले आईएमएफबाट ६ दशमलव ७ अर्ब डलर ऋण लिनुपरेको छ ।

पाकिस्तानको अर्थव्यवस्था ५ दशमलव ८ प्रतिशतले उकालो लागे पनि १३ वर्षयता सबैभन्दा तीव्र गतिमा पाकिस्तानको चालु खातामाथि दबाबको कुनै संकेत नदेखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानको केन्द्रीय बैंक विश्वमा बढदो तेलको मूल्यबाट चिन्तित छ । पाकिस्तान ८० प्रतिशत तेलको आफ्नो आवश्यकता आयातबाटै गर्दै आएको छ । यो पनि इमरानका लागि चुनौती रहनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments