Tuesday, July 27, 2021
घरपत्रपत्रिकापाइलट नै मापसेमा परेपछि उडान रोकियो

पाइलट नै मापसेमा परेपछि उडान रोकियो

काठमाडौँः मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य सदस्यले दिएको उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको हो ।

‘फ्लाई दुबईका एकजना पाइलटको गतिविधि असामान्य पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौँ’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘प्रराम्भीक स्वास्थ्य परीक्षणमा उनी रक्सी पिएर मातेको विवरण पाइएको छ ।’

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको जहाज अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको छ । ‘यो प्रकरणमा सम्पूर्ण रिपोर्ट आएपछि हामी फ्लाई दुबईका केन्द्रीय कार्यालयमा पठाउँछौँ’, क्षेत्रीले भने, ‘त्यतिन्जेलसम्म मातेर आफ्नो आचारण का पाइलटले जहाज उडाउन पाउँदैनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments