Tuesday, May 17, 2022
घरखेलकुदओलम्पियनलाई आजीवन मासिक भत्ता

ओलम्पियनलाई आजीवन मासिक भत्ता

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिलेसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

राखेपद्वारा आइतबार यहाँ आयोजित एक कार्यक्रममा सुरुवातका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।

त्यस्तै पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । चौरानब्बे ९४ स्वर्ण पदकधारीलाई मासिक पाँच हजारका दरले कूल ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाको मासिक रु पाँच हजारका दरले दिनुपर्ने पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिरदेखि २०७५ असारसम्म आठ महिनाको एक पदकका लागि पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा चार लाख ४० हजार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४१२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार प्रदान गरियो ।

त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गएको माघको पहिलो हप्ता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए ।

तीस खेलकै उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष/महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही सात हजार ५०० नगद पुरस्कार दिइयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments