Sunday, October 17, 2021
घरसमाचारसरकारको काम कारबाहीप्रति उपराष्ट्रपति पुनको गुनासो

सरकारको काम कारबाहीप्रति उपराष्ट्रपति पुनको गुनासो

काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । २४ औं कार्गो दिवस’ को अवसर पारेर आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले रेल, पानी जहाजजस्ता कुरामाभन्दा पनि नागरिकको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न आग्रह गरे । काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा उपराष्ट्रपति पुनको सरकारप्रति गुनासो छ । उनले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन आग्रह गरे । सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम नहुने उपराष्ट्रपति पुनको भनाई छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments