Monday, June 14, 2021
घरसमाचार५ नम्वर प्रदेशको बैठकमा कांग्रेसको अवरोध

५ नम्वर प्रदेशको बैठकमा कांग्रेसको अवरोध

बुटवल । प्रदेशको राजधानी र नामाकरणको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ५ को आजको प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । अस्थायी मुकाम बुटवलमा आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल कांग्रेसले स्थायी राजधानी र नामाकरण टुङ्गो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदिने अडान राखेको थीयो ।

आजको बैठक शुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताईन् । संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको बताईन् ।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि दिउंसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसंग छलफल गरेर टुङ्गो नलाग्दासम्म बैठक अवरोध जारी राख्ने सचेतक क्षेत्रीले बताईन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments