Monday, June 14, 2021
घरBanner Newsप्रधानन्यायाधीशमा सिफारीस जोशीको सुनुवाइ भोलीकालागी सर्‍यो

प्रधानन्यायाधीशमा सिफारीस जोशीको सुनुवाइ भोलीकालागी सर्‍यो

काठमाण्डौ । संसदीय सुनुवाइ समितिको बैठक सोमबारलाई सरेको छ । प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्ने बिषयमा संसदीय सुनुवाइ समितिमा अन्योल थप बढेको छ । जोशी माथिको सुनुवाइ गत बिहीवार नै सकिएपनि शुक्रवार र आजका लागि बोलाईएको बैठक स्थगित भएका छन् । सुनुवाइ सकिएको चार दिन हुँदा समेत नाम अनुमोदन गर्ने नगर्ने बिषयमा समितिले निर्णय लिन नसक्दा राजनीतिक चलखेल सुरुहुने खतरा बढेको जानकारहरु बताउछन् ।

कांग्रेसका तर्फबाट समिति सदस्य समेत रहेका पुष्पा भुषाल र जितेन्द्रनारायण देव अनुपस्थिति भएपछि बैठक भोली दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरिरहेका राजपा नेता लक्ष्मण लाल कर्णले जानकारी दिए । जोशीबारे निर्णय लिनु अघि थप छलफल आवश्यक रहेकाले भोली मात्र निर्णय लिने उनले बताए । जोशीको नाम अनुमोदन गर्ने नगर्ने बिषयमा सत्तारुढ नेकपाले आधिकारिक धारणा तय गरेको छैन ।

प्रस्तावित नाम अस्वीकृत गर्न समितिमा कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ । शैक्षिक प्रमाण पत्र, सर्वोच्च सहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उनले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँभिएको छ । समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन्, जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् ।

संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपनि, सुरुमा समिति गठनमा भएको ढिलाईं र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो । एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments