Tuesday, July 27, 2021
घरखेलकुदइन्टरनेशनल च्याम्पियन्स कपमा टोटनह्याम पराजित

इन्टरनेशनल च्याम्पियन्स कपमा टोटनह्याम पराजित

काठमाण्डौ । प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब टोटनह्याम पराजित भएको छ । स्पेनिस क्लब बार्सिलोनासंगको खेलको निर्धारित समय २–२ गोलको बराबरीभएपछि पेनाल्टीमा टोटनह्याम पराजित भएको हो । पेनाल्टीमा बार्सिलोना ५–३ ले विजयी भएको हो । क्यालिफोनिर्याको रोज बल स्टेडियममा भएको खेलमा बार्सिलोनाले दुई गोलको अग्रता जोगाउन सकेन । १५औ मिनेटमा मुनिरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।२९औं मिनेटमा अर्थरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । दुबै गोल गर्नका लागि राफिन्हाले एसिस्ट गरेका थिए । ७३औं मिनेटमा सन ह्योङ–मिनले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । त्यसको दुई मिनेटमा नै जर्ज एनकोउडुले गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसपछि भएको पेनाल्टीमा बार्सिलोना ५–३ ले विजयी भयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments