Tuesday, June 15, 2021
घरसमाचारदोषीलाई नियन्त्रणमा लिन नसकेकोप्रति सांसदहरुको आक्रोश

दोषीलाई नियन्त्रणमा लिन नसकेकोप्रति सांसदहरुको आक्रोश

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य र विशेष समयमा बोल्ने धेरै सांसदहरुले सरकारको चर्को आलोचना गरेका थिए । महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने, घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउदै आएको सरकारले घटनाको ४ दिनसम्म पनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । शून्य र विशेष समयमा सांसदहरुले यही विषयमा कुरा उठाएपछि सभामुख महराले यस घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments