Tuesday, September 21, 2021
घरBanner Newsअन्तर्घातका कारण पार्टी पराजित : सभापति देउवा

अन्तर्घातका कारण पार्टी पराजित : सभापति देउवा

मिना कंडेल

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई नवलपरासीको गैडाकोटमा सम्वोधन गर्दै देउवाले सरकार स्वेच्छाचारी ढंगले अघि बढेका कारण आन्दोलन गर्नुपरेको बताए ।

सभापति देउवाले पुराना निर्णयहरु उल्टाउदै ,सरकारले विभिन्न निकायहरुमा हमला गरी सरकारले अधिनायकवाद लाद्न खोजेको समेत आरोप लगाए । संघ र प्रदेशको निर्वाचनमा कांग्रेस भित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए । यस्तै कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए ।

कम्युनिष्टहरुसँग लड्न पहिला कांग्रेस आफू सुदृढ बन्नुपर्नेमा जोड दिए ।डिएलको महाधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष १/१ जना, प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् । यस्तै ५ जना मनोनित हुनेछन् ।

महाधिवेसनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । बरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत बनाइएको छ । १४ गते विहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ । अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रल्लाद बहादुर कार्कीको नाम चर्चामा रहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments