Friday, July 30, 2021
घरBanner Newsकांग्रेसको आकार खुम्चिदै छ : प्रधानमन्त्री ओली

कांग्रेसको आकार खुम्चिदै छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको कामकारबाही प्रभावित भएको बताएका छन् ।

तत्कालीन एमाले र माओवादीका मजदुर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताए ।

माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’, प्रधानमन्त्री ओलीले भने ‘यहीँबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ ’, प्रधानमन्त्री ओलीले भने , ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।’

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र सिन्डिकेट अन्त्यका लागि प्रतिवद्ध रहेको बताए । आगामी दुई बर्षभित्र काठमाडौं सडकलाई स्तरीय बनाइने उनको भनाइ छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments