Tuesday, November 30, 2021
घरBanner Newsकेसीसंग भएको सहमति सदनलार्इ जानकारी दिन कांग्रेसको माग

केसीसंग भएको सहमति सदनलार्इ जानकारी दिन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र डा गोविन्द केसीबीच भएको सहमति सदनलार्इ जानकारी दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले दुर्इ पक्षबीच भएको सहमतिको जानकारी दिन सरकारसंग माग गरेको हो ।

सहमतिबारे सदनलार्इ जानकारी नदिएसम्म बैठक सुचारु गर्न नदिने कांग्रेस सांसदको अडानपछि सभामुखले बैठक स्थगित गरेका हुन् । कांग्रेसका सांसद गगन थापा, प्रकाश रसार्इली, डीला संग्रौला, पुष्पा भूसाल, मिनेन्द्र रिजाल, रामबहादुर बिष्टलगायतले बोलेका थिए ।
यस्तै कांग्रेस सांसदहरुले व्यवसायी दुर्गा प्रसाइँलार्इ पनि कारवाही गर्न माग गरेका छन् ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको प्रतिष्ठा र अस्मितामाथि आँच पुर्‍याउने गरी प्रसाइँले अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसदले उनलार्इ कारवाहीको दायरमा ल्याउन माग गरेका हुन् ।

सरकारले दुर्इ तिहार्इको आडमा संविधान उल्लंघन गर्ने कार्य भइरहेको आरोप लगाएका छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘लोकतन्त्रमा सरकारले कति मत ल्यायो भन्ने होइन, जनमतसंग सरकार हिडेको छ कि छैन भन्ने हो । संविधान फेर्ने संख्या छ भन्दैमा जे पनि गर्न पाइँदैन ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments