Wednesday, October 27, 2021
घरसमाचारडा.केसीले अनसन तोडेपछी आन्दोलनका कार्यक्रम फिर्ता

डा.केसीले अनसन तोडेपछी आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डौ । नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेका डा.गोविन्द केसी र सरकारी पक्षविच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । नेपाल सरकारसँग बिहीबार साँझ सहमति भएपछि १५ औं पटक अनसन बसेको २७ औं दिनमा डा. केसीले अनसन तोडेका थिए ।

संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीले अनसन तोडेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बिज्ञप्ति निकालेर केसीका माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको जानकारी दिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments