Sunday, June 13, 2021
घरअर्थ र विकासकर्णाली प्रदेशमा लगानी गर्नेलाई कर नलाग्ने

कर्णाली प्रदेशमा लगानी गर्नेलाई कर नलाग्ने

सुर्खेत । कर्णाली प्रदेशमा लगानी गर्नेलाई कर र राजश्वमा छुट दिने प्रदेश सरकारले निर्णय गरेको छ । कर्णालीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याउन मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका लगानीकर्ताहरुलाई १० वर्षसम्म कर र राजश्व छुट दिने निर्णय गरेको हो । प्रदेशको विकासका लागि ठूलो लगानी आवश्यक भएको र लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तत्पर रहेकोले राज्यबाट संकलन गरिने कर र राजश्वमा निजी क्षेत्रलाई छुट दिने व्यवस्था मिलाइदिन केन्द्र सरकार र अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता विमला केसीले जानकारी दिइन् ।कर र राजश्वमा प्रदेश सरकारले नै छुट दिने प्रावधान छैन । सोही कारण प्रदेशको मन्त्रिपरिषद् बैठकले केन्द्र सरकारलार्इ व्यवस्था मिलाइदिन आग्रह गर्ने निर्णय गरेको पवक्ता केसीले जानकारी दिइन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments