Thursday, September 23, 2021
घरसमाचारगुठ उपगुठको पछाडी लाग्दा कांग्रेस कमजोर : कांग्रेस महामन्त्री कोईराला

गुठ उपगुठको पछाडी लाग्दा कांग्रेस कमजोर : कांग्रेस महामन्त्री कोईराला

मिना कंडेल , नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुठ उपगुठको पछाडी लाग्दा कांग्रेस कमजोर भएको बताएका छन् । ३६ औं विपी स्मृति दिवसको अवसरमा आज नवलपुरको कावासोतीमा आयोजित विचार गोष्टिमा बोल्दै नेता कोईरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गरे ।कोईरालाले आउदो अधिवेशनमा एकताको अधिवेशन हुनुपर्ने भन्दै कुनै पनि गुटउपगुट नभएको अधिवेशन आफुले हेर्न चाहेको बताए ।

उनले भने – ‘मैले त धेरै चोटी भने रामचन्द्र दाईलाई नी भने शेर वहादुर जिलाई भने नेपाली काङ्गेसलाई एकजुट बनाएको खण्डमा मात्रै कङ्गेसको बाहुल्यता छ । ’विपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मियता प्रदान गरेकै कारण विपी आज सबैको माझ लोकप्रिय रहेको बताउदै । विपीको विचारलाई अबलम्बन गरेर नेपाली काङ्गेस अगाडी बढ्नुपर्नेमा समेत कोईरालाले जोड दिए ।

यस्तै कार्यक्रममा कांग्रेसका सह महामन्त्री डा. प्रकाश सरण महतले दुई तिहाईको दम्भकाकारण सरकारलेनिरंकुशता लाद्न खोजेको आरोप लागए । ट्याट्याउ बोलेरमात्र देशमा समृद्धि नआउने बताउदै गरेर देखाउन सरकारलाई सुझाव दिए । कार्यक्रममा वोल्दै नेवि संघका पूर्व अध्यक्ष एवं नेपाली कंग्रेशका केन्द्रिय सदस्य गुरु राज घिमिरेले पार्टीलाई नयाँ नेतृत्वको खाँचो औँल्याय ।उनले नयाँ पुस्ताले पार्टिको नेतृत्व लिनुपर्नेमा जोड दिए । पार्टिका जिल्ला सभापति एवं प्रदेश सासद विष्णु लामीछानेको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रदेश सांसद कृष्ण चन्द्र नेपाली ,पूर्व सभासद महेन्द्र ध्वज जिसी, शांसद ओमकला गौतम,लगाएतका कांग्रेसका नेताहरुले विपीको योगदानको कदरगर्दै विपीको सपना साकार पार्न मिलेर जानुको विकल्प नभएको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments