काठमाडौं । डा गोविन्द केसीले उपत्यकामा १० वर्षसम्म उपत्यकामा मेडिकल कलेजलाई सम्बन्धन नदिने आफ्नो माग पूरा नभए अनसन जारी राख्ने बताएका छन्। २७ दिनदेखि अनसनरत डा केसीले सरकारले व्यापारीलाई पोस्ने गरी आफूलाई झुक्याएर सम्झौता गर्न लागेको बताएका छन्।
शिक्षण अस्पतालमा रहेका डा केसीले भने, ‘म मृत्युशय्यामा छु, व्यापारीमैत्री कानुन म मान्दिन।’ स्रोतका अनुसार सम्झौताको भाषामा आशयपत्र पाइसकेकालाई बाहेककालाई १० वर्षसम्म सम्बन्धन नदिने भाषा राखेर डा केसीलाई झुक्याउने प्रयास भएको थियो। सोही कारण वार्ता भाँडिएको हो। उनी २७ दिनदेखि अनसनमा छन्।
बिहीबार सरकार र डा केसीपक्षबीच ७ बुँदे सहमति तय भएपनि एउटा बुँदाका कारण सहमति हुन सकेको छैन। सरकारले आशयपत्र दिइसकेका बाहेक मेडिकल कलेज खोल्ने नपाउने गरी सम्झौता गर्न चाहेको थियो। तर, डा.केसीले आशसयपत्र पाइसकेकालाई समेत सम्बन्धन दिन नहुने अडान राखेका छन्। यद्यपी बालुवाटारमा डा केसी पक्षसँग सहमति जुटाउने प्रयास भइसकेको छ।