Friday, July 30, 2021
घरसमाचारनेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन प्रधानमन्त्री ओलीकोआग्रह

नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन प्रधानमन्त्री ओलीकोआग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनुपर्ने बताएका छन् । प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अधिकृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सिर्जनात्मक काम गर्नुपर्ने बताए । नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले लोकसेवा पास गरेपनी वास्तवीक परीक्षा कार्यक्षेत्रमा हुने बताए ।

प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरे । नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताए । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । देश नयाँ परिस्थितिमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments