Tuesday, July 27, 2021
घरखेलकुदवेष्ट इन्डिजसंग बंगलादेश ३ रनले पराजित

वेष्ट इन्डिजसंग बंगलादेश ३ रनले पराजित

काठमाण्डौ ।बंगलादेशविरुद्धको दोसो एक दिवसीय क्रिकेट वेष्टइन्डिजले ३ रनले जितेको छ । योसँगै ३ म्याचको सिरिज १–१ को बराबरीमा आएको छ । २ सय ७२ रनको लक्ष्य पछ्याएको पाहुना टोली बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ६८ रनमात्र बनाउन सक्यो । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेष्टइन्डिजले ४९.३ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो । वेष्टइन्डिजका लागि शिमरोन हटमायरले शतकीय पारी खेल्दै १सय २५ रन बनाएका थिए ।

रन आउट हुनुभन्दा पहिला हटमायरले ९३ बल खेल्दै ७ छक्का तथा ३ चौका प्रहार गरे । रोभमन पावलले ४४ रन बनाउँदा क्रिस गेल २९ रनमा पेभेलियन फर्किएका थिए । बंगलादेशका लागि रुबेल हुसेनले ३ तथा शकिब अल हसन र मुस्तफिजुर रहमानले दुई–दुई विकेट लिएका थिए । २७२ रनको लक्ष्य लिएर मैदान आएको बंगलादेशले ६ विकेट गुमाएर २६८ रन मात्रै बनाउन सक्यो । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेल अब शनिवार हुदै छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments