Sunday, August 1, 2021
घरBanner Newsरसुवामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार जना अझै बेपत्ता

रसुवामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार जना अझै बेपत्ता

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं २ रसुवागढी नाका नजिकै टिमुरेमा गएको पहिरोमा हराइरहेकामध्ये पाँच जनाको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ का अन्दाजी ४० वर्षका मिङ्मार गुम्बु तामाङ र बाँकी चार जना सिन्धुपाल्चोकका रहेका छन् । मृत्यु हुने अन्यमा सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका वडा नं ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी ४५ वर्षका मंगल तामाङ र अन्दाजी २७ वर्षका बिक्रम श्रेष्ठ तथा भोटेकोसी गाउँपालिका वडा नं ४ का अन्दाजी ३७ वर्षका रमेश खड्का रहेको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्हदेखिको लगातारको वर्षासँगै गएराती बस्तिमाथिबाट पहिरो खसेको थियो । पहिरोमा पुरिएका पाँच जनाको शव डोजर र स्काभेक्टर प्रयोग गरेर निकालिएको र हराइरहेका बाँकीको खोज तथा उद्दारको प्रयास भइरहेको रसुवा प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

स्थानीयवासीका अनुसार कम्तिमा चार जना बेपत्ता भएका छन् ।पहिरोमा पर्नेमा कन्टेनर र सुमो चालक तथा होटल सञ्चालक हुन् ।

आज बिहान राति एक बजेको समयमा पहिरो जाँदा टिमुरेस्थित प्रहरी चेक पोस्टसहित चारवटा घरमा क्षति पुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

घाइते भएका १२ जनालाई टिमुरे नजिकै रहेको चिनियाँ क्याम्प र टिमुरे स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिहानै काठमाडौं पठाइएको छ । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । पहिरोका कारण चीनसंग सञ्चालनमा रहेको एकमात्र व्यापारीक नाका ‘रसुवागढी नाका’ अबरूद्व भएको छ ।

 

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments