Sunday, August 1, 2021
घरBanner Newsप्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई हुँदै

प्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई हुँदै

काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध आज संसदीय सुनुवाई हुँदैछ । संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध परेका ५ उजुरीको अध्ययनपछि दिउँसो १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो । यसअघि सुनुवाइ समितिले उजुरीको समय दिँदै सुनुवाइको मिति तय गरेको थियो । असार २५ गते संघीय संसदले समितिलाई पूर्णता दिएपछि २६ गतेबाटै जोशीविरुद्धको सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

फैसलामा केन्द्रित भएर जोशीविरुद्ध परेका चार वटा उजुरीलाई समितिले न्यायालय सुधार, भ्रष्टचार लगायत प्रभावकारी न्यायसम्पादनसम्बन्धी प्रश्नावलीमा समेटेको एक सदस्यले जानकारी दिए । एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा नामसारी गराएको, चुणामणि शर्मा प्रकरण, विशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप उजुरीकर्ताको छ । संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भए संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्यन्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए । यद्यपि, संसदको कार्यसञ्चालन नियमावलीको अभावमा संसदीय सुनुवाइ समिति गठन नहुँदा चयन प्रक्रियाले गति लिन सकेको थिएन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments