Tuesday, November 30, 2021
घरBanner Newsचिकित्सकको जुलुसमा प्रहरीको हस्तक्षेप, ३० जना पक्राउ

चिकित्सकको जुलुसमा प्रहरीको हस्तक्षेप, ३० जना पक्राउ

काठमाण्डौ । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । यसैबीच विरोधमा सहभागी ३० चिकित्सक र विद्यार्थीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।

अस्पतालबाट सुरु भएको शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेर राखेको छ। प्रहरीले र्‍याली गर्न नदिएपछि डाक्टर तथा विद्यार्थीहरु सडकमा नै बसेका थिए। सोही क्रममा प्रहरीले दर्जनौं डाक्टर तथा विद्यार्थीलार्इ पक्राउ गरेको हो। उनीहरुलार्इ प्रहरीले भ्यानमा राखेर लगेको छ। ७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments