काठमाण्डौ । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो । सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ । चिकित्सकहरुल शिक्षण अस्पताल महाराजगञ्जको गेटमानै नाराबाजि गरीरहेका छन् । ७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।