Tuesday, July 27, 2021
घरअर्थ र विकासमकालु काठमाण्डौ आईपुग्यो

मकालु काठमाण्डौ आईपुग्यो

काठमाण्डौ । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ‘मकालु’ नाम दिइएको वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो ।

विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments