Sunday, October 17, 2021
घरविशेषअमेरिकन राजदूत र गृहमन्त्री भेटवार्ता, भिसा शुल्क घटाउन नेपाललार्इ आग्रह

अमेरिकन राजदूत र गृहमन्त्री भेटवार्ता, भिसा शुल्क घटाउन नेपाललार्इ आग्रह

काठमाडौैं– नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने भिसा शुल्क पुनरावलोकन हुनुपर्ने बताएकी छिन्। गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार विदाई भेटमा उनले त्यसमा चासो दिएकी हुन्।

अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताँउदै उनले अमेरिकन नागरिकहरुको भिसा शुल्कमा नेपालले पुनरावलोकन गर्नुपर्ने बताएकी हुन्। अमेरिकाले अध्यागमनमा पाइसेस नामक सफ्टवेयर राख्न प्रस्ताव गर्दै आएको छ।

जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिएका थिए।

भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत पनि कुरा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका थिए।

पछिल्लो समय अमेरीका र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्व शान्ति कायम गर्न सहयोग पुग्ने बादलको भनाई थियो।

राजदुत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरीका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाई सुखद रहेको बताइन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments