काठमाडौँ — गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३० कर्मचारी सरुवा गरेको छ । सुन तस्करी अनुसन्धान गर्न गठित समिति संयोजक, त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन विभागको जिम्मेवारी रहेका सहसचिव तथा उपसचिवहरुको सरुवा गरिएको हो ।
संगठित सुन तस्करी अनुसन्धान गर्न गठित समितिका संयोजक रहेका सहसचिव ईश्वरीराज पौडेललाई अध्यागमन विभाग सरुवा गरिएको छ। त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन विभागका निर्देशक कृष्णबहादुर कटुवाललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
त्यस्तै गृह मन्त्रालयले काठमाडौं, ललितपुरसहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ। गृहका अनुसार चितवन, बारा, सुनसरी, सप्तरी, ताप्लेजुङ, तेह्रथुम, प्यूठान, ओखलढुंगा, बैतडी, काठमाडौं, ललितपुर, मोरङ, कास्की, मकवानपुर, बाँके, सिन्धुपाल्चोक र कपिलवस्तुका प्रजिअहरुलाई सरुवा गरिएको हो।