Monday, June 21, 2021
घरसमाचारकम्युनिस्टहरु आफैं समाप्त हुन्छन् : कांग्रेस नेता कोइराला

कम्युनिस्टहरु आफैं समाप्त हुन्छन् : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक व्यवहार देखाउन सरकारलाई आग्रह गरेका छन् । उनले कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट आफैं समाप्त हुने बताए । कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले अपमानजनक अभिव्यक्ति दिँदा कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको भन्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले यसरी नै राजीनामा दिँदै जान्छन् । ओलीजी म खबरदारी गर्न चाहन्छु, ट्याउट्याउ नबोल्नुस् । राम्ररी काम गर्नुस् ।

अगाडि बढ्नुस् ।’ उनले कांग्रेससँग खेलबाड नगर्न सरकारलाई चेतावनी दिए । तरुणको प्रदर्शनमा सरकारले अनावश्यक बल प्रयोग गरेको भन्दै उनले भने, ‘ओलीजी, नेपाली कांग्रेससँग नटराउनुस् । राणाहरु टकरा, गए । राजा पनि गए । अब कम्युनिस्टहरु कांग्रेससँग टकराउँछन् भने यिनीहरु जान्छन् ।’ उनले कांग्रेस एकढिक्का नरहेको बताए । गुट हुनु कुनै खराब नभएको तर, हार पनि स्वीकार नगरेर पार्टी चल्न नसक्ने बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments