Sunday, September 26, 2021
घरसमाचारआवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्छ : प्रधानमन्त्री ओली

आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने उनले बताए । नेपाललाई गरिब बनाएर खान, लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्‍याएको प्रधानमन्त्री ओलीको भनाई छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments