Thursday, June 17, 2021
घरBanner Newsभरतपुर तनावग्रस्त, प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा गोली प्रहार

भरतपुर तनावग्रस्त, प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा गोली प्रहार

चितवन । तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयको विरोधमा व्यवसायी र मजदूरले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपले भरतपुर तनावग्रस्त बनेको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान घाइते भएका छन् ।

प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments