Tuesday, September 21, 2021
घरBanner Newsडा. केसी पक्ष र सरकारबीच वार्ता जारी

डा. केसी पक्ष र सरकारबीच वार्ता जारी

काठमाण्डौ । सरकार र २६ दिनदेखि अनसनरत डा. गोविन्द केसी पक्षबीच अहिले वार्ता भइरहेको छ ।  शिक्षा मन्त्रालयमा  जारी वार्तामा डा.केसीले उठाएका मागका बिषयमा छलफल भईरहेको छ ।  मंगलबार दिउँसो केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता भएको थियो । मंगलबारको वार्ता दुवै पक्षले सकारात्मक भएको बताएका थिए । बुधबार सहमतिमा पुग्ने गरी वार्ता हुनसक्ने दुवै पक्षले बताएका छन् ।

डा.केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी छन् ।शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले यसअघि तीन पटकसम्म डा. केसी पक्षसँग छलफल गरे पनि सहमति हुन सकेको थिएन । आजको वार्ता सकरात्मक रुपमा अगाडी बढेको जनाईएको छ । वार्तामा विधेयकका केही बुँदा हटाएर संशोधन गरी डा.केसीका माग सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्यको भनाई छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments