Monday, June 21, 2021
घरBanner Newsपाकिस्तानमा भएको बम बिस्पोटमा परी मुत्यु हुनेको संख्या ३१ पुग्यो

पाकिस्तानमा भएको बम बिस्पोटमा परी मुत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी । पाकिस्तानको एक मतदान केन्द्र नजिक भएको बम बिस्पोटमा परी मुत्यु हुनेको संख्या ३१ पुगेको छ । क्वेटा सहर नजिक भएको हमलाको कुनै पक्षले जिम्मेवारी लिएको छैन । पाकिस्तानी प्रशासनले भने चरमपंथी हमला भने छ । घाईतेहरुको उपचार भईरहेको र घटनाबारे अनुसन्धान सुरु गरेको पाकिस्तानि  अधिकारीहरुलाई उद्धत गर्दै अलजजिराले उल्लेख गरेको छ । हिंसामा परी केही सुरक्षाकर्मीको पनि मुत्यु भएको जनाईएको छ ।

त्यहाको प्रसासनले मतदान केन्द्रहरुको सुरक्षा ब्यवस्था कडा पारीएकोले नडराई मतदानमा सहभागीहुन मतदाताहरुलाई अपिल गरेको छ ।  झण्डै १० करोड ६० लाख मतदातले संसदको तल्लो सदन र चार प्रान्तका संसद सदस्य चुन्नका लागि मतदान गर्दैछन् । स्थानिय समयअनुसार बिहान ८ बजेबाट मतदान सुरु भएको हो । देशको इतिहासमा हुन लागेको यो ११ औँ चुनाव हो । यो मतदानबाट २७२ सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । यस्तै ७० सिट जुन महिला तथा सीमान्तकृतका लागि छुट्याइएको छ, त्यो पाँच प्रतिशत भोट ल्याउने पार्टीबिच बाँडिने छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments