Wednesday, October 27, 2021
घरBanner News‘विभेद’ले विरक्तिन बाध्य भएः ओजिल

‘विभेद’ले विरक्तिन बाध्य भएः ओजिल

बर्लिन, एजेन्सी
डिफेन्डिङ च्याम्पियन हुदा जर्मनले पाएको खुशी चार बर्ष पछि नै यसरी चकनाचुर होला भन्ने कसैले अनुमान गरेको थिएन । यो विश्व कपमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर घर फर्केको जर्मन टिमले घरमा पनि शान्तीको सास फेर्न पाएन । सन् २०१४ जमर्न फुटवलका लागी जति सुखद थियो त्यो भन्दा बढी दुख सन् २०१८ मा उनीहरुले ब्यहोर्नु प¥यो । चर्चित फुटवल स्टार मेसुट ओजिलले दिएको प्रतिक्रिया पछि विश्व खेल जगत पनि रंगभेद र विभेदको कति ठुलो शिकार भएको छ भन्ने पुष्टि भएको छ । विश्व फुटवल जगतबाट सन्यासको घोषणा गर्ने क्रममा ओजिलले दिएको प्रतिक्रियाले विश्व समुदायलाई नै चकित बनाइदिएको छ । उनले आफनो देशमा खेल हारेर फर्केपछि सहनु परेको र अपमान र विभेदको विषयमा बोलेका थिए । उनले भनेका थिए ‘ जति बेला खेल जित्छौ हामी जर्मन हुन्छौ र जव कुनै खेल हार्छौ या खराव नजिता आउछ तव हामी आप्रवासी हुन्छौ, अन्य जात र बर्गको हुन्छौ । ’ ओजिलको पुर्खा टर्कीबाट जर्मन आएका थिए । टर्कीका राष्ट्रपतिसँग पनि गत महिना उनले भेटेका थिए । जर्मन फुटवल अधिकारीले त्यस्तो खराव टिप्पणी गरेको दावी ओजिलको थियो । ओजिलले यस्तो प्रतिक्रिया ट्वीटर मार्फत दिएका थिए । २९ बर्षिय मिडफिल्डरले विश्व कप फुटवलमा पाएको पराजयमा आफु एक्लैलाई दोषी बनाउन खोजिएको गुनासो पनि गरे । आफुले यस्तो अवस्थामा जर्मनका लागी अन्तराष्ट्रिय फुटवल खेल्न नसक्ने जनाउदै उनले सन्यासको घोषणा गरेको बताएका छन् । जर्मन मिडियाले पनि एकतर्फी रुपमा आफुलाई मात्र खराव देखाउन खोजेको आरोप पनि उनले लगाएका थिए । ओजिलको यो टिप्पणीलाई जर्मन फुटवल अधिकारीले सोझै अस्वीकार गरे । जर्मन अधिकारीले ओजिलले गत मे मा टर्कीका राष्ट्रपति एर्डोगानलाई भेटेको फोटोको विषयमा प्रष्ट पार्नु पर्ने पनि बताएका छन् । जर्मन फुटवल संघ विभेद गर्ने संस्था नभएको दावी समेत सो संस्थाको छ । तर विश्व फुटवलको चर्चित फुटवल खेलाडीको यस्तो बर्हिगमनले राम्रो सन्देश पक्कै जादैन । त्यो पनि उनले सार्वजनिक रुपमा पोष्ट गरेको टिप्पणीले त खेल जगत पनि विभेदको शिकार छ भन्ने पुष्टि गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments