Sunday, June 20, 2021
घरTrendingडा. गोविन्द केसीको समर्थनमा कांग्रेसको जुलुस

डा. गोविन्द केसीको समर्थनमा कांग्रेसको जुलुस

अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्दोलित बनेको छ । चिकित्सा क्षेत्र सुधारको माग राखी डा. केसी २५ दिनको १५औँ पटकको अनशनमा संघर्षरत छन् । कांग्रेसले डा. केसीले उठाएको माग तत्काल पुरा गर्नुपर्ने भन्दै संसद अवरुद्ध पारिरहेको छ भने सडक आन्दोलन पनि जारी राखेको छ ।

सत्तारुढ दल नेकपा डा. केसीले उठाएको मागप्रति लचक नभएपछि नागरिक समाज, प्रतिपक्षी दल कांग्रेस, नयाँ शक्ति, विवेकशील साझालगायतका दलहरुले उनले उठाएको मागप्रति ऐक्यवद्धता जनाएर आन्दोलित बनेका छन् ।

उपत्यकाका तीनै जिल्ला सभापतिले काठमाडौँको माइतीघर मण्डलामा उपस्थित भइ केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखी प्रदर्शन गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments